Logo
१८ बैशाख २०८१, मंगलबार
(August 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिबन काट्न नजाने घोषणा गरेका प्रचण्ड कार्यक्रममा गई ढोल बजाए !

Prachand

रामचन्द्रले भने –”अधिकारमात्रै नखोजौं, प्राप्त भएका कुरालाई पनि सम्झौं”

काठमाडौं २५ साउन । कुनैपनि उदघाटन तथा त्यस्तो किसिमका औपचारिक कार्यक्रममा रिबन काट्न नजाने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्ततः एउटा कार्यक्रममा गई ढोल बजाएका छन ।

विश्व आदीबासी दिवस २०७३ को अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपस्थित भई प्रचण्डले ढोल बजाएर कार्यक्रको उदघाटन गरेका हुन । प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रममा पुगे लगतै समाजिक संजालदेखि कार्यक्रमस्थल सम्ममै रिबन काटने भाषणबारे चर्चा टिप्पनी सुरु भएको थियो ।

कार्यक्रममा  प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेसीका माग सम्बोधन गरिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेको बताए । उनले संघीय गठबन्धनसँग गरेको सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

आदिवासी जनजाति र मधेसी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने प्रचण्डले बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको बताए । उनले नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गरेका छन् ।

आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न कांग्रेसले सहयोग गर्ने उनले बताए ।कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले अधिकारको माग्ने प्रचलन बढेको तर प्राप्त भएका अधिकारलाई भने नसम्झिने परम्पराको विकास भएको बताएका छन् ।

विश्व आदीबासी दिवस २०७३ को अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पौडेलले संविधानबाट आदीबासी जनजातीको सम्पूर्ण हक अधिकारको प्रत्याभूति भएको बताए ।

आफ्नो पार्टी आदीबासी जनजातीको पक्षमा रहेको भन्दै पौडेलले अहिले आदीबासी जनजातीको आवाज बुलन्द बन्दै गरेको सो अवसरमा बताए ।

आदीबासीले अधिकार पाएको नसम्झने तर खाली माग्नेमात्रै गरेको प्रति संकेत गर्दै पौडेलले भने– ‘प्राप्त गर्ने कुरा मात्रै गर्ने होइन प्राप्ति भएको कुरालाई पनि सम्झौं ।’

उनले लामो संघर्षबाट आदीबासी जनजातीको हकअधिकार स्थापित भएको भन्दै परिवर्तनलाई कसरी संरक्षण र कार्यान्वयन गर्ने भन्ने विषय आजको प्रमुख भएको उनले औंल्याए ।

प्रकाशित मिति: Aug 9, 2016

प्रतिक्रिया दिनुहोस्