यौन शोषण प्रकरणमा फसेका नाना पाटेकर, भन्छन् : तनुश्री गलत छिन् (भिडियो सहित)
अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् । तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् ।
नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा दोहोर्याएका छन् । ‘सत्य त सत्य नै हुन्छ नि तनुश्री झुठ बोलिरहेकी छन् । मैले १० वर्षअघि पनि यही कुरा बताएको थिएँ ।’ नानाले यति कुरा बताएपछि सञ्चरकर्मीलाई छल्दै पत्रकार सम्मेलनस्थल छाडेर हिँडे । सञ्चारमाध्यम आफ्नो पछि लागेकोबारे पनि उनले एउटा कुरा सुनाए । ‘मेरा वकिलले मलाई पत्रकार र टिभी च्यानलसँग कुरा गर्न अनुमति दिएका छैनन् ।’ समाचार अनुसार आज बिहान नानाका छोरा मल्हारले सञ्चारमाध्यमलाई सन्देश पठाएर आफूहरु पत्रकार सम्मेलन गर्न नसक्ने बताएका थिए ।
मल्हारको म्यासेजम भनिएको थियो, ‘हामी तपाईँलाई सोमबार कुनै पनि पत्रकार सम्मेलन नहुने जानकारी गराउँछौँ । यसभन्दा पछाडि जे पनि कदम चाल्छौँ हामी तपाईँहरुलाई जानकारी गराउँछौँ ।’ समाचर अनुसार तनुश्री दत्ताले नानामाथि सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’ को सुटिङका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।