Logo
१८ बैशाख २०८१, मंगलबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्वाचित, क-कसको उम्मेदवारी ? हेर्नुस नामावली

नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को अध्यक्षमा पुनः महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन् । 
बुधबार मनोनयन दर्ताका लागि तोकिएकोमा निर्धारित समयमा अध्यक्ष पदमा ठाकुरको मात्र उमेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
तमलोपा प्रथम महाधिवेशनको निर्वाचन प्रकृया बुधबारबाट सुरु भएको छ । वरिष्ठ उपध्यक्षको एक पदमा हृदेश त्रिपाठी र विश्वनाथ प्रसाद यादवको उम्मेदवारी परेको छ । तथापि सहमतिको लागि छलफल चलिरहेको छ । 
यस्तै दुई उपाध्यक्ष पदमा बृजेशचन्द्र लाल, शंकरलाल चौधरीको उम्मेदवारी परेको छ भने तीन महामन्त्रीमा उमाकान्त झा, जंगीलाल राय, बृजेश कुमार गुप्ता, जितेन्द्र प्रसाद सोनार, बिमल प्रसाद श्रीवास्तव गरी ६ जनाको उम्मेदवारी परेको छ । 
तीन सहमहामन्त्री पदमा १३ जनाको उम्मेदवारी परेको छ । जय प्रकाश ठाकुर, कृष्ण सिंह, समिम मिया अन्सारी, सुरेश कुमार मण्डल, जितेन्द्र सिंह, राकेश मिश्र, उदय किसोर तिवारी, जनार्दन प्रसाद यादव, अभिराम शर्मा, महाजन यादव, पशुपति दयाल मिश्र, चन्दा चौधरी र राजेन्द्र कुमार साहले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
यसैगरी कोषाध्यक्ष पदमा कविन्द्रनाथ ठाकुर, अनिता कुमारी यादव, ईन्द्रराज प्रसाद सिंहको उम्मेदवारी छ । केन्द्रीय सदस्यका लागि करिब ५५ जनाको उम्मेदवारी परेको समितिले जनाएको छ । उमेदवारी पछि पनि सहमतिका लागि प्रयास भइरहेकाले मतदान हुने-नहुने टुंगो लागेको छैन ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्