Logo
५ जेष्ठ २०८१, शनिबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको पुर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था निकै नाजुक

भारतको पुर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्थालाई चिन्ताजनक भनेको छ । उपचारका लागि दिल्ली स्थित एम्स अस्पतालमा उनलाई भर्ती गरिएको छ । उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको छ ।

हिजो साँझ प्रधानमंत्री नरेंद्र मोदी र बिजेपी अध्यक्ष अमित साह लगायत उनलाई भेट्न एम्स पुगेका थिए । वाजपेयीलाई भेटेर निस्केपछि उनी निकै भावुक देखिएका थिए । उपस्थित संचारकर्मीहरुले हिजो नै चिन्ताजनक भन्दै समाचार सार्वजनिक गरेका थिए । तर अस्पतालले भने अहिलेसम्म कुनै आधिकारिक जानकारी गराएको छैन ।

एबिपि न्यूजका अनुसार ‘अस्पतालले अहिलेसम्म उनको उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको’ मात्र भनेको छ । लामो समयदेखि घरमै भेण्टिलेटरमा राखिएका वाजपेयीको अवस्था निकै बिग्रेपछि उनलाई पछिल्लो हप्ता एम्समा भर्ना गरिएको थियो ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्