Logo
१८ बैशाख २०८१, मंगलबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

काठमाडौँ, ३२ असार : नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ । आमरण अनसनको १७औँ दिनसम्म सरकारले गम्भीरता प्रदर्शन नगरेर जीवन रक्षाको लागि कुनै पहल नगरेकोले कडा पाइला चाल्न बाध्य भएको संघले जनाएको छ ।

चिकित्सक संघले सरकारले वार्ता टोली नबनाए साउन ३ गते बिहीबार विहान देखि नै मुलुकभरका सबै सरकारी, निजी, शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायत सबै स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने निर्णय भएको समेत उल्लेख गरेको छ ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्