चलचित्र ‘मिस्टर भर्जिन’ को अफिसियल टीजर भयो सार्वजनिक
भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मिस्टर भर्जिन’ को अफिसियल टीजर सार्वजनिक भएको छ । कमेडीले भरिएको टीजरमा तीन भर्जिन युवा गौरव पहारी, विजय बराल र कमलमणी नेपालसँगै यौनकर्मीको भूमिकामा रहेकी मरिश्का पोखरेल प्रस्तुत छन् ।
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।