Logo
५ जेष्ठ २०८१, शनिबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद बैठक बस्दै : अनसनरत डा.केसी र संसदीय सुनुवाई समितिसम्बन्धि कार्यसूचिमा छलफल

काठमाडौं : प्रतिनिधि सभाको बैठक सोमवार बस्दै छ । संसद सचिवलायका अनुसार सोमवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । शुक्रबारको बैठकमा कांग्रेसका तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचिमा नराखेको भन्दै काङ्ग्रेसले दुई पटक संसद बैठक अवरुद्ध गरेको थियो ।

सोमवारको बैठकमा काङ्ग्रेसका तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई छलफलको सम्भावित कार्यसुचिमा राखिएको छ । कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले “चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान विसंगतिलाई समाप्त गर्न, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निवर्तमान सरकारले जारी गरेको अध्यादेशका मूल भावना अनुरुप विधेयक तत्काल ल्याई अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचार गरी जिवन रक्षा गरियोस्” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि तय भएको छ ।

अर्को कार्यसुचिमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र संसदीय संसदीय सुनुवाई समितिमा रहनुहुने मा. सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्