Logo
१८ बैशाख २०८१, मंगलबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शिल्पा पोखरेलले गरिन बिवाह, बेहुला को हुन् त ?

काठमाडौं : अक्सर अभिनेत्री शिल्पा पोखरेलको नाम निर्माता छबिराज ओझासँग जोडिएर आउँने गर्दछ । छबिसँग नाम जोडिएर आउने शिल्पाले अहिले अभिनेता अनुप बिक्रम शाहीसँग बिबाह गरेकी छन् ।

अभिनेत्री शिल्पाले शाहीसँग रियल नभएर चलचित्र ‘बिरङ्गना‘को रिल लाइफका लागि बिबाह गरेकी हुन् । यी दुबैको बिबाहको तस्बिर निर्माण युनिटले बाहिर ल्याएको छ । अनुपले प्रमोशनमा साथ नदिएको भन्दै निर्माण युनिटले चलचित्रको मूख्य सिनको यो बिबाह तस्बिर बाहिर ल्याएको हो ।२९ असारबाट रिलिज हुने ‘वीराङ्गना’मा अनुप र शिल्पाले शसस्त्र प्रहरीको भुमिका निर्बाह गरेका छन् ।

शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रर्व कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् ।लेखन समेत निर्देशक सानेकै रहेको चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।

दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द रहेको चलचित्रमा हरि घले लामा र रामेश्वर काकीले मिलेर खिचेका हुन् । चलचित्र काठमाडौंमा बि।के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाँहिर एफडि कम्पनीले वितरण गर्दैछ ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्