Logo
१८ बैशाख २०८१, मंगलबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुल्यो

चितवन : पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेको छ ।

करिब १ बजेतिर पहिरो पन्छाएसँगै दुईतर्फी गाडी चलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बिहान ६ बजे चारकिलोमा पहिरो गएपछि गाडी रोकिएका थिए । बाटो खुले पनि गएरातिदेखिका गाडी रोकिएकाले बिस्तारै गाडी चलिरहेका छन् ।

पहाडको एक टुक्रा नै खसेकाले बाटो खुलाउन समय लागेको प्रहरीको भनाई छ । हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । मंगलबार बिहान ५ बजेतिर खसेको पहिरो ११ घण्टा पछि बल्ल खुलेको थियो ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्