‘सञ्जु’को अर्काे नयाँ टीजर सार्वजनिक, आमाको भुमिकामा मनीषा कोइराला (भिडियो सहित)
राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’को अर्काे नयाँ टीजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त टिजरमा रणबीर कपुर संजय दत्तको सुपरहिट फिल्म ‘मुन्ना भाई एमबीबीएस’को जस्तै भेषमा देखिएका छन । जुन टिजर सार्वजनिक गरिएको छ, त्यसमा रणबीर मुन्ना भाई फिल्मको एक प्रसिद्ध दृश्यलाई दोहर्याईरहेका देखिन्छन ।
‘संजु’को यस टिजरलाई ‘मुन्ना भाई एमबीबीएस ०.२’ नाम दिईएको छ । ०.२ मा नामाकरण गर्नुको खास कारण अरु केही नभएर टिजरमा आवाजदेखि लिएर फिल्मको सेट तथा स्क्रिनमा देखिएका सबै मान्छेहरु फिल्मबाटै लिएका हुन । यसमा केवल फिल्ममा इफेक्टको आधारबाट संजय दत्तको ठाउँमा रणबीर कपुरलाई देखाइएको हो ।
जून २९ मा प्रर्दशनीको तयारीमा रहेको फिल्म ‘सञ्जु’ बलिउड अभिनेता संजय दत्तको जिवनीमा आधारित आधिकारिक बायोपिक हो । यसमा रणबीर कपुरले संंजय बाबाको भुमिका निभाईरहेका छन । त्यतिमात्र नभएर संजय दत्तको जिन्दगीसंग जोडिएका कयौं व्यक्तिहरुलाई पनि यस फिल्ममा देख्न सकिने छ ।