Logo
५ आश्विन २०८१, शनिबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुगड ठगी प्रकरणमा पाँच करोडको खेल: मन्त्रीदेखी विभागका कर्मचारीसम्म सकृय !

Dugadh News

रोशन कार्की , काठमाडौं । दुगड फुड एण्ड बेभरेज कम्पनीले बजारमा गुणस्तहिन खाद्य पदार्थको उत्पादन गरि दैनिक रुपमा उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरि रातारात धनी बनेको रह¥य खुलेको छ । विभिन्न नाममका खाद्य पदार्थको उत्पादन गर्ने र आफुखुशी मुल्य तोकेर बिक्री वितरण गर्दै आएको सो कम्पनीले पछिल्लो समयमा म्याद नाघेको गुणस्तहिन फ्रुटी बिक्री गरी जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारवाहीकालागि सम्बन्धित निकायमा सिफारी गरिएको छ ।

म्याद सकिएका फ्रुटीलाई बजारमा पठाउन लागेको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र आपूर्ति व्यवस्थापन विभागको टोलीले साउन ५ गते बरामद गरि कारवाहीकालागि पठाएको सो मुद्दालाई अहिले ठूलो रकमको चलखेलमा निष्कृय बनाउन लागेको एक उच्च स्रोतले जनाएको छ ।

सरकारी अनुगमन टोलीले सतुङगलस्थित दुगड फूड्स एण्ड बेभरेजको गोदाम अनुगमन गरी २ हजार कार्टुन फ्रुटीमा सिलबन्दी गरि कारवाहीकालागि सिफारिस गरेपछि सो मुद्दालाई विचमै ढिसमिस बनाउनकालागि सो कम्पनीले चलखेल गरेको स्रोतको दाबी रहेको छ । आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक गोकुल धितालले साउन ५ गते नै उक्त फ्रुटीको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि विभागमा पठाइएको तर रिपोर्ट आइनसकेको प्रतिक्रिया दिएका छन् । विभागले जुन उत्पादित फ्रुटी बिक्री वितरणमा रोक लगाएपनि बजारमा खुला रुपमा बिक्री वितरण भने भई रहेको छ ।

जुन ६ देखि २५ सम्म उत्पादित मिति रहेको फ्रुटीमा समस्या देखिएको जनाउदै विभागले बिक्रेताहरुलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको भएपनि हालसम्म गुणस्तहिन सामान कम्पनीले फिर्ता नलिई बिक्री वितरण गरेको पाईएको छ । गुणस्तहिन खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन २०२३ अनुसार कारबाही हुने विभागले जनाएको छ ।

खतरनाक जिवाणु भेटिएको भनेर खाद्य प्रविधि विभागले भनिसकेको अवस्थामा फ्रुटी उत्पादन कम्पनीलाई उन्मुक्ति दिने चलखेल भइरहेको स्रोतले बताएको छ । माओवादीका मन्त्री गणेशमान पुन सरकारबाट बाहिरएपछि प्रधानमन्त्री केपाी ओलीले रिक्त रहेको आपूर्ति मन्त्रीको जिम्मा दीपक बोहरालाई दिएपछि रातारात सो मुद्दालाई झिसमिस बनाउनकै लागि भने ५ करोड रुपैयाँको झोला बोकी दुगडका कर्मचारी मन्त्री बोहोरा समक्ष पुगेको नाम नलेख्ने सर्तमा एक कर्मचारीले बताए ।

सो बिफ्रकेश बोकेर मन्त्री बोहोरासमक्ष पुगेको एक समुहले खाद्य प्रविधि विभागका महानिर्देशक संजीव कर्णलाई समेत प्रभावमा पारि मुद्दा निष्कृय बनाउन आग्रह गरेको छ । खतरनाक जिवाणु भएको फ्रुटी ल्याबटेष्टका लागि पठाइएको भनिएता पनि अहिले सम्म  खाद्य प्रविधिले रिपोर्ट दिन ढिलाइ गरेको छ । रिपोर्ट दिनमा ढिलाई गर्ने र सो रिपोर्टमा कम्पनीले भने अनुसार तयार गर्नेकालागि ५० लाख रुपैयाँ रकम छुट्टाएको दुगड कम्पनीका एक कर्मचारीले नाम गोप्य राख्ने सर्तमा बताए ।

सो बारेमा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक धितालले म्यााद नाघेको बिक्री गर्न लगेको र गुणस्तरहीन फ्रुटी उत्पादन गरिएको फेलापरेकाले उद्योग बन्द गरिएको बताए पनि अहिले सम्म बजारमा गुणस्तहिन खाद्य पदार्थ बिक्री वितरण भएको पाईएको छ ।

विभागले बजारमा बिक्री बितरण नगर्न सूचना जारी गरिएको छ । नष्ट गर्ने निर्णय भइसकेको छ । उपभोक्तालाई प्रयोग नगर्न भनिएको छ  तर कारवाही गर्नमा भने आनकानी गरि सरकारी निकायनै मौन रहेको छ । अनुगमनको क्रममा उक्त अवधिमा उत्पादित फ्रुटी ब्राण्डका पेय पदार्थमा सुक्ष्म जीवाणुको संक्रमण भई प्याकेट फूलेको हुन सक्ने अनुमान टोलीले गरेको छ । सो सम्बन्धमा दुगड समुहमा पटक/पटक सम्र्पक गर्दा सम्बन्धित व्यक्ती सम्र्पकमा आउन चाहेनन् ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्