Logo
१८ बैशाख २०८१, मंगलबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई २४ घण्टाभित्र हाजिर गराउन निर्देशन

काठमाडौँ : तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई २४ घण्टाभित्र हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ मन्त्रालय र योजना आयोगलाई कर्मचारी खटाउन ताकेता गरेको हो

मन्त्रीस्तरीय निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र तोकिएको कार्यक्षेत्रमा रमाना दिएर हाजिर गराउन भनेको हो । विभिन्न मितिमा निर्णय गरी प्रदेश र स्थानीय तहमा खटाउने निर्णय भए पनि धेरै कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन् ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई रमाना दिएर कार्यक्षेत्रमा खटाउन पटक–पटक मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै आएका थिए ।

७ सय ५३ स्थानीय तहमा ५७ हजारदेखि ६० हजार कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यसमध्ये ४० हजार कर्मचारी खटाइसकिएको मन्त्रालयले जनाएको छ । बाँकी कर्मचारीलाई असारभित्र परिचालन गर्ने सरकारको तयारी रहेको छ । विभिन्न मन्त्रालयका ८५ सय कर्मचारीले स्थानीय तहमा काम गर्न इच्छा जाहेर गर्दै निवेदनसमेत दिएका छन् । मन्त्रालयका अनुसार प्रदेश २ का स्थानीय तहमा कर्मचारी जान अटेरी गरेका छन् ।

यसैबीच मन्त्री लालबाबु पण्डितले विभिन्न ट्रेड युनियनका पदाधिकारीको काठमाडौंको काज खारेज गर्दै उनीहरूलाई जिल्ला र स्थानीय तहमा खटाउन निर्देशन दिनुभएको छ । स्थानीय सरकार गठन भएको झण्डै एक वर्ष वितिसक्दा पनि कर्मचारी अभाव कायमै रहेको छ ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्