Logo
१८ बैशाख २०८१, मंगलबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्रमा नयाँ वर्ष मनाउनेहरुको एक्कासी उम्डियो भीड

नयाँ वर्षसंगै काठमाण्डौ स्थित पशुपती परिसरमा शनिवार निकै चहलपहल देखिएको छ । दर्शनार्थीको चाप बढ्दै जाँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाकर्मी थपिएका छन् । शनिबार पशुपति परिसरमा नेपाल प्रहरीका एक सय, सशस्त्र प्रहरीका साठी र पशुपति क्षेत्र विकास कोषका चालिस सुरक्षाकर्मी खटिएका थिए ।

देश विदेशबाट नेपाली नयाँ वर्षको शुभकामना आउँदा २ घण्टा भन्दा बढी समय लाइन लागेर २ सेकेन्ड मात्र पनि भगवान् पशुपतिनाथको दर्शन गर्न दर्शनार्थी आतुर देखिन्थे । मन्दिर भित्र खटिएका सुरक्षाकर्मीले मुस्किलले २ सेकेन्ड मात्र दर्शन गर्न दिंदैं थिए। लाइन छिटो छिटो सरोस भन्ने उनीहरुको चाहना थियो ।

नयाँ वर्षको पहिलो दिन भगवान् पशुपति नाथको दर्शन गर्दा वर्ष भरिनै राम्रो हुन्छ भन्ने मान्यताका साथ पशुपति दर्शन गर्न आएको लाईनमा लागेकाहरुको बताएका थिए । युवा, बृद्ध सम्पूर्ण उमेर समुहका मानिसहरु लाइनमा थिए।कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले केहि वर्ष यता धर्म प्रति मानिसको आस्था बढेकाले अन्य दिन पनि पशुपति दर्शन गर्न आउनेको सख्याँ बढेको बताए ।

नियमित भन्दा जुत्ता चप्पल व्यवस्थापन गर्न एउटा मात्र थप व्यवस्था गरिएकाले तिर्थालुलाई सकस भईरहेको थियो ।बिगतका वर्षहरु जस्तै पशुपतिमा माग्नेलाई दिन भनेर चामल ल्याएकाहरु माग्ने नभेट्दा सास्ती व्यहोर्दै थिए । सुरक्षाकर्मीको आखाँ छली माग्न बसेकाहरु नगण्य मात्रामा थिए । प्रहरीलाई छली लाईन मिचेर दर्शन गर्न जान खोज्ने पनि थिए । लाइनमा लागेकाहरुले फितलो व्यवस्थापन भएको बताए ।

विगतका वर्षहरुको अनुभवको आधारमा तयारी गरेकाले दर्शनार्थीलाई केहि असहज भएको सदस्य सचिव ढकालको भनाई थियो। ढकालले यस पटक दर्शनार्थीको सख्याँ उल्लेख बृद्धि हुँदा चुस्त व्यवस्थापन हुन् नसकेको बताए । पशुपतिमा शिवरात्री, तिज, साउनको सोमबार, जनै पुर्णिमा, बाला चतुर्दशी, नयाँ वर्षका दिन बढी भिडभाड हुने गर्छ। यस्तै सोमबार, शनिबार र सार्वजनिक बिदाका दिन पनि नियमित भन्दा धेरै भिड हुन्छ ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्