Logo
२५ बैशाख २०८१, मंगलबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने : शेरधन राई

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट जनताको विकास र समृद्धिमा खर्चिने बताएका छन् ।

सुनसरीको वराहा नगरपालिका–७ मा ‘एन्टी स्नेक भेनम सेरन रिसर्च एण्ड म्यानुफेक्चरिङ प्रालि’को आज शिलान्यास गर्दै उनले प्रदेश सरकारको तीन महिनाको बजेटले शिक्षा, स्वाथ्य, पर्यटन, विकास, औद्योगिक सुरक्षा, लगानीको वातवारण तथा सुशासनलाई जोड दिएको बताए ।

उनले जनताको विकासको चाहनालाई मूर्तरुप प्रदेशको बजेटले दिने धारणा व्यक्त गर्दै अब प्रदेशमा विकास र समृद्धिको अभियान तीव्ररुपमा अगाडि बढ्ने बताउँदै जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि र विकास निमार्ण हुने उल्लेख गरे ।

सो उद्योग रु ८८ करोड ६३ लाख लागतमा स्थापना हुन लागेको उद्योगका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताए ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्