Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलु बोकेको ट्रक र यात्रु बसबीच ठोक्किँदा १२ जनाको मृत्यु ४६ जना घाइते

उत्तर तान्जानियामा आलु बोकेको ट्रक र यात्रु बसबीच ठोक्किँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ४६ जना घाइते भएको त्यहाँको ट्राफिक प्रहरीले बताएको छ।

तान्जानियाको ताबोरा प्रान्तको माकोमेरोमा बुधबार साँझ भएको सो दुर्घटनामा घाइते भएका मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा को थिए भनेर कुनै जानकारी प्रहरीले दिएको छैन। प्रहरीले आलु बोकेको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्