Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(March 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभु लाइफ इन्स्योरेन्सका एकैदिन चार शाखा सञ्चालनमा

काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपूर शाखाको उदघाटन गरेका छन् ।

यस्तै कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका छन् ।

यसअघि नै प्रभु लाइफइन्स्योरेन्सले ताहाचल, वीरगंज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुरमा शाखा विस्तार गरिसकेको छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै सर्वसाधारणका लागि शेयर निष्काशनको तयारी गरेको छ ।

प्रकाशित मिति: Mar 21, 2018

प्रतिक्रिया दिनुहोस्