Logo
१२ जेष्ठ २०८२, आईतबार
(March 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० बर्षमा १० हजार मेगावाट बिद्युत उत्पादन गर्छौँ : उर्जामन्त्री बर्षमान पुन

काठमाडौं : उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले उर्जामा आत्मनिर्भरता आफ्निो पहिलो प्राथकिमता रहेको बताएका छन् । उनले अहिले सुख्खायाममा ५ सय मेगावाट बिद्युत उत्पादन भइरहेको र भारतबाट थप ५ सय मेगावाट बिद्युत खरिद गरेर धानिरहेको बताए ।

मंगलबार अपराह्न मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले आगामी १० बर्षमा १० हजार मेगावाट विद्युत आवश्यक पर्ने भएकोले सोही अनुसार कार्ययोना बनाएर अघि बढ्ने जानकारी दिएका छन् ।  अगामी बर्षदेखि आफ्नै उत्पादनले धान्ने गरी काम गर्ने उनको भनाई छ । मन्त्री पुनले हरेक बर्ष १ खर्बभन्दा बढी डिजेट पेट्रोल आयात गर्नुपरेको बताँउदै उनले बिद्युत उत्पादन बढाई इन्धन आयात प्रतिस्थापन गर्ने योजना सहित अघि बढ्ने बताए ।

अत्यावश्यक आयोजना होल्ड गर्ने बिद्युत क्षेत्रका बिचौलियालाई नछोड्ने उनको भनाई छ । उनले भने–‘हामी निजी क्षेत्रलाई उदारताका साथ स्वागत र सहजीकरण गर्छौँ, बाह्य लगानीकर्तालाई पनि स्वागत गर्छौ, तर ढिलो गरे कडाई पनि गर्छौँ ।’ उनले पुराना आयोजना कुनै पनि हालतमा छिटो सम्पन्न गराँउने, राष्ट्रिय गौरबका आयोजनालाई दु्रत गतिमा अघि बढाउने बिश्वास समेत ब्यक्त गरे ।

उनले प्रधानमन्त्रीले स्थायित्व, सु-शासन र समृद्धीमा जोड दिएको बताउँदै आफुले आफ्नो मन्त्रालयमा सुशासनलाई जोड दिएर अघि बढ्ने बताए । मन्त्री पुनले सिंचाई र कृषिको विकासलाई एकीकृत ढंगले अगाडि बढाउने बताउँदै सिञ्चाई सेवा बिस्तार गरी कृषिको क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने गरी काम गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति: Mar 20, 2018

प्रतिक्रिया दिनुहोस्