Logo
१८ बैशाख २०८१, मंगलबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी र काग्रेस बिच यी–यी मुद्दामा भयो, ७ बुदे सहमती ! (समझौता पत्र सहित)

MO

काठमाडौं । वर्तमान सरकारलाई दिएको  समर्थन फिर्ता लिएको माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकार चलाउने ७ बुदे सहमति भएको छ ।

उक्त सहमती पत्रमा सविधान संसोधन गर्ने बिषयलाई एक नम्बरमा लेखिएको छ । यद्यपी उक्त पत्र आधिकारिक रुपबाट काग्रेस वा माओवादी कुनै पनि पक्षले सार्वजनिक गरेको छैन ।

यता, नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार गठनबारे माओवादीसँग कुनै सम्झौता नभएको बताएका छन् । हामीले सरकारका बारेमा के गर्ने भनेर बैठक बोलाएका छौं उनले एनभिएम ग्रुपका प्रतिनिधिलाई भने ।

माओवादी नेता कृष्णबहादुर महराले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग सहमति भइसकेको बताएका थिए । सरकारलाई दिएको समर्थन फिर्ताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा महराले कांग्रेससँग लिखित सम्झौता भइसकेको र त्यसलाई संयुक्त रुपमा बुधबार सार्वजनिक गर्ने बताएका थिए ।

तर कांग्रेस नेता श्रेष्ठले भने माओवादीसँग कुनै लिखित वा मौखिक सम्झौता नभएको बताए । पत्रमा आजको मिति उल्लेख गरिएको छ ।

सम्झौताको पहिलो बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने विषय उल्लेख छ। कांग्रेस नेतृत्वसँग निरन्तरको छलफलपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच सरकार फेर्ने लिखित सहमति भएको हो।

स्रोतका अनुसार सहमति ड्राफ्ट गर्ने बेला मधेसी मोर्चाका एक घटक समेत उपस्थित थिए । दाहालले देउवालाई अघि सारेर पहिलो पटक सत्ता फेर्ने बेला ब्यक हुँदा दुवैबीच अविश्वास बढेको थियो ।

यी दुई नेताबीच विश्वासको वातावरण वनाउन समेत ती मधेसी नेताले प्रमुख भूमिका निर्वाह गरेको स्रोतले बतायो। यसले नयाँ बन्ने सरकारमा मधेसी दलहरु पनि समावेश हुन सक्ने सम्भावना बलियो देखिएको छ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादीबीच अाेली सरकार ढालेर नयाँ सरकार गठन गर्न ७ बुँदे लिखित सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको १ नम्बर बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ।

सहमती पत्रमा नेपालको संविधानलाई सबै नेपालीबीच सर्वस्वीकार्य बनाउने वातावरण बनाउन, संविधान कार्यान्वयन गर्न, भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न, बेरोजगारी महँगी कालोबजारी, नेपाली समाजमा व्याप्त असन्तोष र निराशा समाप्त गर्दै देशलाई शान्ति स्थिरता र आर्थिक सम्वृद्धितर्फ अग्रसर गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिएको छ ।

७ बुँदे सम्झौतामा माओवादीले एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने बुँदा समेत उल्लेख छ। सोही बुँदाअनुसार मंगलबार माओवादी सरकारबाट बाहिरिएको प्रस्ट भएको छ ।

यस्तो छ उक्त पत्र :

sarkar sahmati

sarkar sahmati

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्