Logo
२५ बैशाख २०८१, मंगलबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीद्धारा अस्वीकार: प्रधानमन्त्रीसँग वार्ता गर्न आफू नगई प्रतिनिधि पठाए

ggggggggggg

काठमाडौं । अन्तिम समयमा बोलाएको भन्दै डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा बस्न अस्वीकार गरेका छन् । आफू चार बजे अनसन बस्न लागेको, ३ बजे पत्रकार सम्मेलन बोलाएको अवस्थामा दुई बजे वार्तामा बोलाउनु अल्मल्याउने बहाना मात्र भएको भन्दै उनले प्रधानमन्त्रीलाई आफू नआउने जानकारी दिएका थिए।

टेलिफोन संवादमा प्रधानमन्त्रीले प्रतिनिधि पठाउन आग्रह गरेपछि डा.केसीले डा.जीवन क्षेत्री, नेपाल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष लिजन महर्जन, स्नेहा बन्धु रेग्मी, मेडिकल स्टुडेन्ट एसोसिएनको अध्यक्ष र मेडिकल विद्यार्थीहरू बद्री अर्याल र सुमन आचार्यलाई आफ्नो प्रतिनिधीका रुपमा वार्तामा पठाएका छन् । डा.केसीले आठौं पटकको अनसन आज ४ बजे सुरू गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्