Logo
१८ बैशाख २०८१, मंगलबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘प्रहरी हुँ’ भन्दै काठमाडौंमा ठग्दै हिँड्ने सिन्धुपाल्चोकका बिक पक्राउ

caseकाठमाडौं ।  प्रहरी नभएपनि आफु  ‘प्रहरी हुँ’ भन्दै काठमाडौंमा ठग्दै हिँड्ने सिन्धुपाल्चोकका नारायण बिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका बसपार्क लगायतका स्थानहरुमा रहेका पसलहरुमा मोवाईल तथा पैसा चोरी गरेको सुचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले दिपेन्द्र अधिकारी भन्ने नारायण विकलाई पक्राउ गरेको हो ।

काठमाडौंको नागार्जुन–४ बाट समातिएका विकले यसअघि पनि पटक–पटक ठगी गरेर धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । उनको साथबाट सामसुङ ग्यालेक्सि जे सेभेन मोवाईल सेट एकथान बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल सितापाईल बस्दै आएका विकले नक्कली नागरीकता बनाएर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी रेकर्डमा: 

– दिपेन्द्र अधिकारी भन्ने नारायण बि.क. आफु प्रहरी कर्मचारी हो भनी तेल तथा ग्याँस मिलाईदिन्छु भनि झुक्याई ५०,००० पचास हजार ठगी गरेको मुद्दामा मिति २०७२।११।१८ गते पक्राउ परी करिब २ महिना अगाडी ५०००० धरौटीमा रिहा भए पश्चात निज पुनस् ठगी कार्यमा लागेको ।

–करिब डेढ महिना अगाडि निज दिपेन्द्र अधिकारी भन्ने नारायण बि.क. ले म.न.प्र. बृत्त जनसेवा गई आफुलाई प्रहरी भनी एकजना व्यक्तिलाई ललाईफकाई झुक्यानमा पारी ३,००० र आधा तोला सुनको औठी ठगी गरी फरार रहेको ।

–मिति २०७३।०३।१३ बसपार्क मोबाईलग्यालरी नामक पसलमा गई पसलेलाई साथी बनाई मोबाईल किन्ने बहानामा सामसुङ मोबाईल र नगद रु। १७,००० लिई ठगि गरि फरार रहेको ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्