Logo
१७ बैशाख २०८१, सोमबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा भएको गाडी दुर्घटनामा २ नेपालीको मृत्यु ४ घाईते

काठमाडौंँ : बिहीबार बिहान भारतको बहराईच जिल्ला रिसीयामा भएको सडक दुर्घटनामा परी नेपालगन्जका दुई जना नेपालीको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन् ।

नेपालगन्जबाट आफ्नै गाडीमा भारत जाने क्रममा ट्रकले ठक्कर दिंदा नेपालगन्जका मुनब्बरअली हल्वाई र रोशन शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गाडीमा सवार अंगुर खडका, संगम शाह, रणबहादुर बिष्ट र इमरानअली हल्वाई गम्भीर घाईते भएका छन् ।

मृतकहरुको पोष्टमार्टमका लागि बहराईच पठाइएको छ । गम्भीर घाईतेहरुको उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्