Logo
१७ बैशाख २०८१, सोमबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुल्यो

इलाम : नगरपालिकाबाट विनियोजन भएको रु २० लाखबाट ढोलेदेवी–इन्टेक जाने सडकमा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरी समिति बनाएको भन्दै गठबन्धनले तालाबन्दी गरेकोले इलाम नगरपालिका–१२ साङरुम्वा वडा कार्यालयमा लगाइएको तालाबन्दी नौ दिनपछि खुलेको छ ।

वडाध्यक्षको नेतृत्वमा वार्ता गरी तालाबन्दी खोलिएको आन्दोलन समितिका अध्यक्ष भरत घिमिरेले बताए । आगामी दिनमा बाम गठबन्धनलाई समेत समावेश गरी छलफल गर्ने सहमतिपछि तालाबन्दी खोलिएको छ ।

नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर समिति बनाएको भन्दै बाम गठबन्धनले माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्