Logo
२७ जेष्ठ २०८२, सोमबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व डिआइजी रहेका सांसद नवराज सिलवालको पक्षमा उभियो एमाले

काठमाडौं : पुर्व डिआइजी रहेका सांसद नवराज सिलवालविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित तथा प्रसारित समाचारप्रति एमाले स्थायी कमिटिले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । ओली निवास बालकोटमा सोमबार बसेको एमाले स्थायी कमिटीले जारीको विज्ञप्तीमा सिलवालविरुद्ध पूर्वाग्रह, प्रतिसोध र अतिरञ्जित तरिकाले नेपाल सरकार लागेको आरोप लगाउँदै त्यस्ता कार्यलाई तत्काल बन्द गर्न माग गरेको छ ।

यी सबै गतिविधिहरु नेपाल प्रहरीको आग्रहमा भइरहेको आरोप पनि एमाले स्थायी कमिटिले लगाएको छ । प्रहरी सेवामा छदा आफ्नो बढुवाका लागि ‘कीर्ते’ कार्य सम्पादन मुल्यांकन पेश गरेको अभियोगमा सुनुवाई हुँदा सर्वोच्च अदालतले त्यसमा दोषी व्यक्तिलाई कारवाही चलाउन आदेश दिएपछि प्रहरीले सिलवाल विरुद्ध पक्राउ आदेश जारी गर्नुका साथै इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्