Logo
२५ बैशाख २०८१, मंगलबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया

DR News

जुम्ला । पहिलोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । चन्दननाथ नगरपालिका ४ सिमखाडा गाउँकी विष्णुकन्या उपाध्यायाको पहिलो पटक दुरविनबाट पाठेघरको अप्रेशन गरिएको हो ।

मेडिकल डाइरेक्टर निरेश थापाका अनुसार उनलाई दुई वर्षदेखि पाठेघरबाट रगत बगिरहने समस्या थियो । पटक पटक अस्पतालमा चेकजाँच गरेर औषधि प्रयोग गर्दा निको नभएपछि सोमबार शिक्षण अस्पतालमा मेडिकल डाइरेक्टर निरेश थापासहितको टोलीले पहिलो पटक दुरविनबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो ।

शल्यक्रियापछि विष्णुकन्याले पेटभित्र पोको पारेर बोकेको रोगको डल्लो फयाक्न सफल भएको प्रतिक्रिया दिइन् ।  यो शल्यक्रिया काठमाडौंका केही अस्पताल बाहेक देशका अन्य अस्पतालमा अहिलेसम्म संभव थिएन । तर चिकित्सकको क्रियाशिलताले अप्रेशन सफल भएको शिक्षण अस्पतालले जनाएको छ ।

ल्याप्रोस्कोपी मेसिनले शल्यक्रिया गरिएको हो । सात महिना अघि मेसिन अस्पतालमा ल्याइएपनि पाटपुर्जा अभावका कारण शल्याक्रिया सेवा शुरु हुन सकेको थिएन ।

यसअघि पेट च्यातेर अप्रेशन भइरहेपनि यो पटक दुरविनका माध्यमबाट पाठेघरको शल्यक्रिया भएको मेडिकल डाइरेक्टर थापाले बताए ।पहिलो पटक दुरबिनबाट शल्यक्रिया गरिएकोले शिक्षण अस्पतालले उनको निःशुल्क रुपमा अप्रेशन गरेको डाक्टर थापाले जानकारी दिए ।पत्रकार रुद्र बुढाको सहयोगमा

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्