Logo
१८ बैशाख २०८१, मंगलबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सदभावना पार्टीद्धारा मधेशमा गैरमधेशीलाई जग्गा खरिदमा रोक लगाउन माग

Bikas tiwariकाठमाडौं । मधेशमा गैरमधेशीहरुको आप्रवासन बढ्दै गएको भन्दै जग्गा खरिद विक्रीमा रोक लगाउन माग गरिएको छ । मधेशमा बसाईसराईका कारण धेरै समस्याहरु उत्पन्न भएको भन्दै नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)ले गैरमधेशीलाई मधेशमा जग्गा खरिदमा रोक लगाउनु पर्ने माग गरेको अध्यक्ष विकास कुमार तिवारीले बताएका छन् ।

त्यस्तै, प्रथम महाधिवेशनबाट पारित गजेन्द्रवादीको राजनीतिक दस्ताबेजको ५ नम्बर बुँदामा ‘मधेशमा भइरहेको बसाईसराई: राज्यद्वारा प्रायोजित रुपमा मधेशको हरा भरा जंगललाई समाप्त गरी पहाडीहरूद्वारा भएको अवैध घुसपैट ( बसाई सराई ) लाई नियन्त्रण गर्ने र यस्ता अवैध बस्तीहरुलाई तत्काल हटाउनु पर्ने नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) शुरुदेखि माग गर्दै आएको छ ।

मधेशमा खासगरी मधेशको चुरे क्षेत्रमा भईरहेको अतिक्रमणलाई समेत मध्येनजर गर्दै बाहिरी व्यक्तिलाई मधेशमा जमिन खरिद गर्नका लागि मधेश सरकारसंग अनुमति लिनुपर्ने प्रावधानको व्यवस्था संविधानमै गर्न नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) को यो महाधिवेशनले राज्यपक्षसंग जोड़दार माग गर्दछ ।’ उल्लेख गरिएको छ ।

अध्यक्ष तिवारीले एक राज्यका व्यक्तिहरुले अर्को राज्यमा जग्गा खरिद गर्न नपाउने प्रावधान भारतको हिमाञ्चलसहित अन्य मुलुकहरुमा पनि रहेको बताए ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्