Logo
५ जेष्ठ २०८१, शनिबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइलको धेरै प्रयोगले मस्तिष्कसम्बन्धी रोग

यदि तपाईको पनि अधिकांश समय मोबाइल चलाउनमा बित्छ भने होशियार यसले तपाईलाई समस्यामा पार्ने निश्चित छ । मोबाइलको धेरै प्रयोगले मस्तिष्कसम्बन्धी रोग लाग्नुका साथै तपाईको अनुहारको छाला चाउरिने, छालाको चहकिलोपन हराउने, टाउको दुख्ने, स्मरण शक्ति कमजोर हुने र शरीर दुख्ने समस्या सुरु हुन्छ ।

न्यूयोर्कस्थित स्पाइन सर्जरी एण्ड रिह्याबिटेसन हस्पिटलका वैज्ञानिकहरुद्वारा गरिएको एक अनुसन्धानले मोबाइलमा आएको म्यासेज हेर्नका लागि अगाडि बढी निहुरिने कारण गर्दनमा अतिरिक्त दबाब पर्छ । यसले ढाडमा हुने दुखाईलाई पनि बढाउँछ । हामी जति बढी गर्दन झुकाउँछौँ, उति नै बढी भार पर्दै जान्छ ।

अनुसन्धानकर्ताका अनुसार गर्दन र ढाडको हड्डी पर्ने यस किसिमको भार ४ देखि २७ किलो बराबर हुन्छ । करिब ७ वर्षका बालबालिकाको वजन २७ किलोग्राम हुन्छ । हामी म्यासेज हेर्ने बेला ६० डिग्रीको एंगलमा गर्दन झुकाइरहेका हुन्छौँ यसको मतलब हामीले आफ्नो गर्दनमा ७ वर्षका बच्चालाई राखिरहेका हुन्छौँ ।

मोबाइलको धेरै प्रयोगले हुने असरबाट बच्नका लागि मोबाइलको प्रयोग कम गरौँ । म्यासेज हेर्न गर्दन झुकाउनको साटो मोबाइललाई सिधा राखेर हेर्न सकिन्छ । दैनिक कामकाज गर्दा पनि ज्यादा गर्दन झुकाउने कार्य नगरौँ र कुर्सीमा बस्दा समेत ढाड सिधा राख्ने कोशिस गर्नु फाइदाजनक हुन्छ ।

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्