Logo
८ जेष्ठ २०८२, बुधबार
(December 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नयाँ सरकारमा १५ वटा मात्रै मन्त्रालय हुने (नामावली सहित)

चमत्कारिक परिवर्तन नभए वाम गठबन्धनको सरकार अबको केही दिनमै आउदैछ । जसको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्दैछन् । सम्भावना प्रचण्डको पनि उत्तिकै छ । आम निर्वाचन पछि बन्न लागेको नयाँ सरकारमा मन्त्रालयको संरचना समेत फेरिदैछ ।  संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५ मात्रै हुने भएको हो । संसदीय समितिको निर्देशन अनुसार तयार पारिएको नयाँ मन्त्रालयको नाम तय भइसकेको छ ।

यसरी बनार्इयो मन्त्रालय
अब बन्ने सरकारमा अर्थ मन्त्रालयको नाम परिवर्तन भई अर्थ तथा योजना मन्त्रालय रहनेछ । योजना आयोगलाई पनि यसैमा मर्ज गरिने छ । त्यसैगरी गृह, परराष्ट्र र रक्षा मन्त्रालय साविक अनुसार नै रहनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत रुपमा रहने छ भने जलस्रोत तथा उर्जा एउटै मन्त्रालयका रुपमा रहनेछ । सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय र विज्ञान प्रविधिलाई एकै ठाउँ मर्ज गरेर शिक्षा, सञ्चार तथा वित्रान प्रविधि मन्त्रालय बनाइने छ ।

त्यसैगरी संस्कृति, पर्यटन, नागरिक उड्डयनसँगै युवा तथा खेलकुद मन्त्रालयलाई पनि एकैठाउँमा गाभिने छ । त्यस्तै भूमि, कृषि, पशुपंक्षी तथा सहकारी मन्त्रालयलाई एउटै मन्त्रालयमा गाभिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एउटा रहने छ भने अर्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय रहने छ ।

हाल जम्बो मन्त्रालय बनाउन फुटाइएका उद्योग, वाणिज्य, आपूर्ति तथा श्रम मन्त्रालयलाई अब एउटै मन्त्रालयका रुपमा राखिने छ । महिला वालवालिका, सामाजिक न्यायसँगै संघीय मामिला थपेर एउटा मन्त्रालय बनाइने प्रतिवेदनमा उल्लेख छ ।

नयाँ मन्त्रालयको नामावली यसप्रकार छ,

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • अर्थ तथा योजना मन्त्रालय
  • उद्योग, वाणिज्य,आपूर्ति तथा श्रम मन्त्रालय
  • कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय
  • भूमि,कृषि,पशुपंछी तथा सहकारी मन्त्रालय
  • गृह मन्त्रालय
  • जलस्रोत तथा उर्जा मन्त्रालय
  • पराराष्ट्र मन्त्रालय
  • वन तथा वातावरण मन्त्रालय
  • भौतिक पूर्वाधार तथा यातायात
  • महिला,बालबालिका, सामाजिक न्याय तथा संघीय मामिला मन्त्रालय
  • संस्कृति, पर्यटन,नागरिक उड्डयन,युवा तथा खेलकूद मन्त्रालय
  • स्वाथ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्