Logo
२३ भाद्र २०८२, सोमबार
(June 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुकुल ढकालको रिटमा सर्वोच्चले दियो दुवै पक्ष राखेर छलफल गर्न आदेश

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री आफू नै रहेको दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले बिहीबार यस्तो निर्णय गरेको हो।

रेग्मीको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।

रिटमा ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।

रास्वपाका संस्थापक महामन्त्री डा. ढकाललाई पार्टीले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै उनीमाथि कारबाही गरेको थियो।

कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए। आयोगले नयाँ कार्यसमितिबारे जानकारी नभएको भन्दै उनलाई वैधता दिएको थियो। सोही वैधतामा टेकेर उनी आफू रास्वपाको महामन्त्री नै रहेको दाबी गर्दै सर्वोच्च पुगेका हुन्।

प्रकाशित मिति: Jun 26, 2025

प्रतिक्रिया दिनुहोस्