Logo
६ असार २०८२, शुक्रबार
(May 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुर्‍यो

ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ। मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ।

रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ। लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले आज मंगलबजारको सोह्रखुट्टेमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए।

रथलाई जावलाखेल पुर्‍याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्राको साइत जुरेको हो।

वर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस वर्षको जात्रा सम्पन्न भएको मानिन्छ।

प्रकाशित मिति: May 15, 2025

प्रतिक्रिया दिनुहोस्