Logo
६ असार २०८२, शुक्रबार
(May 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्ड बीच भेटबार्ता, आगामी बजेटबारे छलफल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ ।

बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।

प्रकाशित मिति: May 6, 2025

प्रतिक्रिया दिनुहोस्