ब्यापारीहरुलाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन, फोहोरका गाडीलाई निषेध, (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।
काठमाडौँ उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको जानकारी दिएका छन् ।
अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको उनीहरूको भनाइ छ ।