Logo
३० जेष्ठ २०८२, बिहीबार
(April 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिक्षक आन्दोलनको समाचार संकलनमा रिपोर्टिङमा खटिएकी पत्रकार कार्की घाइते

शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकी पत्रकार पत्रकार सविना कार्की घाइते भएकी छिन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा फिल्डमा थिइन् ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका सम्पादक मुकुन्द दाहालले जानकारी दिए । घाइते कार्कीको अहिले तिलगंगामा उपचार भइरहेको छ ।

पानीको फोहोराबाट घाइते भएकी उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तिलगंगा अस्पताल पुर्‍याइएको छ ।

प्रकाशित मिति: Apr 27, 2025

प्रतिक्रिया दिनुहोस्