Logo
२३ जेष्ठ २०८२, बिहीबार
(April 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, पुग्यो २ लाख नजिक

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य झन्डै दुई लाख आसपास पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो।

केही समयदेखि लगातार उकालो लागेको सुनको मूल्य २ लाख पुग्ने रफ्तारमा देखिन्छ। यसअघि सोमबार वैशाख ८ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति: Apr 22, 2025

प्रतिक्रिया दिनुहोस्