‘राज्जा रानी’ आगामी पुष २१ बाट प्रदर्शन हुने (भिडियो सहित)
मैथली भाषामा निर्माण भएर बहुप्रतिक्षित भनिएको फिल्म ‘राज्जा रानी’ आगामी पुष २१ बाट प्रदर्शन हुने भएको छ ।
प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ ।
नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ । फिल्म, मधेसको लवज निकट रहेको देखिएको छ ।