Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(February 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरामा बसको ठक्करबाट एक बालककाे मृत्यु

धनगढी । बाजुरामा बसको ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । आइतवार बिहान साँफे-मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका-१ अम्कोटमा बसको ठक्करबाट आमाछाेरा घाइते भएकाेमा छोराकाे उपचारका क्रममा मृत्यु भएकाे हाे।

बसको ठक्करबाट घाइते अम्कोटका आठ वर्षीय नयन पाध्यायकाे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे। यस्तै अन्दाजी ५० वर्षीया आमा बिस्णा पाध्याय समेत घाइते भएकी थिइन्।

धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु .प .प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछाेरालाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बाेहराले बताए। उनका अनुसार घाइते भए लगत्तै उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकाेमा छाेराकाे मृत्यु भएकाे छ भने आमाकाे उपचार भइरहेकाे छ।

बस चालक कैलालीकाे धनगढी उपमहानगरपालिका -४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएकाे छ।

प्रकाशित मिति: Feb 16, 2025

प्रतिक्रिया दिनुहोस्