Logo
१४ जेष्ठ २०८२, मंगलबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मयूर नाच देखाउँदै भोट माग्‍नमा व्यस्‍त छन् जनार्दन शर्मा

रुकुम : रुकुम पश्चिमबाट प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता जनार्दन शर्मा चुनावी अभियानका लागि रुकुमका गाउँगाउँमा गएसँगै दिनदिनै नाच्ने गरेका छन् ।

विनाविभागीय मन्त्री समेत रहेका उनले नाच्ने मात्र होइन उनको स्वागतका लागि बाजागाजा र झाँकीसहित आएका स्थानीयहरुबाट बाजाहरु नै तानेर बजाउने गरेका छन् ।

जिल्लाका धेरै ठाउँमा उनले दमाह आफैँ बोकेर बजाउँदै नाचेका छन् भने धेरै ठाउँमा मयूर नाचमा प्रयोग हुने मयूरको प्वाखसमेत भिरेर नाँचेका छन् ।

त्यस्तै, जनार्दन शर्माका मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गोपालजी जंग शाह पनि दैनिकजसो गाउँमा शर्माको जस्तै गरेर मयूर नाँचसँगै स्थानीय अन्य नाचगानको कार्यक्रममा आफैँ सहभागी भएर जनताको मत तानिरहेका छन् ।

कपाल सेतै फूलेका र उमेरले ६८ वर्षीय भइसकेका उम्मेदवार शाह चुनावी कार्यक्रमहरुमा निकै सक्रियताका साथ उफ्रिउफ्री नाच्ने गरेका छन् ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्