Logo
२३ बैशाख २०८१, आईतबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभित्र नाताबाद हावी भएको भन्दै राजपा सुनसरीद्धारा सामूहिक राजिनामा

इनरुवा : मधेस आन्दोलनको अगुवाई गरेको राष्ट्रिय जनता पार्टी नेपालको सुनसरी संयोजक, अध्यक्ष मण्डलका सदस्य, सुनसरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित २४ जनाले सो पार्टी परित्याग गरेका छन ।

पार्टीलाई मनमानीपूर्ण ढंगले चलाएको, पार्टीभित्र नाताबाद हावी भएको, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मनोमानी ढंगले टिकट वितरण गरेको र समानुपातिक सूचिमा पनि त्यसै गरेको आरोप लगाउँदै उनीहरुले पार्टी परित्याग गरेका हुन ।

शनिवार जारी गरिएको बिज्ञप्तिमा पार्टी कार्यालय बन्द गरेको जानकारीसँगै राजिनामा समेत केन्द्रलाई पठाएर पार्टी कार्यालयको चावी र सामान बुझ्न आग्रह गरिएको छ ।

पार्टी परित्याग गर्नेहरुमा पार्टीका जिल्ला संयोजक डा. चतुरानन्द पाठक, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र ढकाल (शर्मा), बसन्त चौधरी, केन्द्रीय सदस्य देबनारायण यादव, युवा नेता महेन्द्र यादव, दिपेन्द्र मेहता, मनोजकुमार यादव, विनोदकुमार मण्डल रहेका छन ।

त्यसैगरी गाउँपालिका अध्यक्षहरु शिवनन्द साह, विद्यानन्द यादव, क्षेत्रीय उपाध्यक्ष जागेश्वर साह, उद्योग बाणिज्य मञ्चका केन्द्रीय सदस्य अशोककुमार यादव, किसान मञ्च जिल्ला अध्यक्ष रामप्रसाद साह, जिल्ला सदस्य बच्चालाल अरगरीया, महिला मञ्च जिल्ला अध्यक्ष विमलादेवी मेहता, सचिव पुनमकुमारी मेहता र सदस्यहरुमा नन्दलाल मेहता, सन्तोषकुमार मेहता, मनोजकुमार यादव, पंकजकुमार राम, राजकुमार मण्डल, शंभुकुमार मेहता, रामविलास राम, राजु रामलगायतका रहेका छन ।

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्