Logo
२९ असार २०८२, आईतबार
(August 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता आशिफ शाह अनुबन्धित

फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन्। सिनेमाको अडिसनमा सहभागी हुन देशभरबाट करिब ४ सय बढीको आवेदन छ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने यस फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। यसअघि फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भइसकेका छन्।

फिल्मको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आव्हान गरिएको छ। जसको छनोट काम केही दिनमा सुरु हुने निर्देशक सुनुवारले बताए।

निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै फिल्मको सुटिङमा केही ढिला गरिनेछ। हरि हुँमागाईले खिँच्ने फिल्मको सुटिङ तिहारपछि सुरू गरिनेछ।

यस फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ।

बेहुली भित्र्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। फिल्मको कथावस्तु यसैको वरिपरि आधारित छ। मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा सन्तोष गौतम र निर्देशक सुनुवारको छ।

प्रकाशित मिति: Aug 14, 2024

प्रतिक्रिया दिनुहोस्