Logo
९ जेष्ठ २०८२, बिहीबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१४६७ नम्बरको बस त्रिशुलीमा बेपता, १३ जना यात्रुको उद्धार (नमावली सहित)

सप्तरीबाट राजधानी काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा दुर्घटना भएको छ । बिहान करिब ५:५० बजेको समयमा बस नदीमा खसेको हो । प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने बारेमा यकिन जानकारी आएको छैन ।

राजविराजबाट हिजो साँझ छुटेको रात्री बस त्रिशुली नदीमा झरेको हो । बस धादिङको गजुरी– बांगेमोडमा बस दुर्घटना भएको हो ।

सडकबाट सिधै खसेको बस त्रिशुली नदीमा डुबेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको छ ।

उता सप्तरी स्थित पत्रकार हेमशंकर सिंहका अनुसार उक्त बसको नम्बर पता लागेको छ ।

ना ६ ख १४६७ नम्बरको उक्त यात्रुबाहक बस दुग्रघटना भएको हो भने १३ जना यात्रुलाई उद्धार गरिएको छ ।

जसमा अधिवक्ता दुर्गानन्द चौधरी र उनका छोरा अभिषेक चौधरी र निभेदिता चौधरीलाई उपचारका लागि काठमाण्डौं ल्याएको छ ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्