Logo
१० असार २०८२, मंगलबार
(July 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा लाग्यो दोस्रो सकारात्मक सर्किट, ४० मिनेटलाई बजार बन्द

सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।

पहिलो सर्किट ब्रेक लागेर खुलेकाे अर्काे एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ।

नेप्से २१५६.०७ विन्दुमा आएको छ। त्यस्तै, १४ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।

सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा रौनकता छाएको हो।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ।

त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

प्रकाशित मिति: Jul 2, 2024

प्रतिक्रिया दिनुहोस्