Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने तयारीमा कांग्रेस

गण्डकीमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।  नेपाली कांग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीको असंवैधानिक नियुक्तिको विरोध गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको बताए ।

‘तयारी गर्दैछौं, सम्भव भएसम्म आजै अदालत जानेबारे छलफल भइरहेको छ’, उनले  भने । अधिकारीलाई आजै प्रदेश प्रमुख डिल्ली भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए भने शपथ केही बेरमा हुँदैछ । अधिकारीको नियुक्तिपछि कांग्रेसका सांसदहरू मुख्यमन्त्रीको निवासमा भेला भएका छन् ।

दलका नेता सुरेन्द्रराज पाण्डेले असंवैधानिक नियुक्ति भएकोले नस्विकार्ने प्रतिक्रिया दिए ।  ‘संविधानअनुसार भए मान्ने हो । असंवैधानिक काम कसरी स्वीकार्ने’,उनले भने, ‘कानुनी प्रक्रियामा जानुको विकल्प छैन ।’

प्रकाशित मिति: Apr 7, 2024

प्रतिक्रिया दिनुहोस्