Logo
१२ असार २०८२, बिहीबार
(April 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वैदेशिक रोजगार विभागका लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौलाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

उनले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अवस्थामा आयोगको टोलीले १५ हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगोसहित १५ हजार जरिवाना र कैद सजायको मागदावी लिइएको छ ।

प्रकाशित मिति: Apr 1, 2024

प्रतिक्रिया दिनुहोस्