Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधान अधिवेशन तयारीका लागि माओवादी केन्द्रको स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो । उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ ।

प्रकाशित मिति: Feb 9, 2024

प्रतिक्रिया दिनुहोस्