Logo
२२ जेष्ठ २०८२, बुधबार
(December 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेल खरिदबिक्री सरकार र राजनीतिक संलग्नताबिना असम्भव : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबिना सम्भव नहुने दाबी गरेका छन्।

सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको दाबी गरेका हुन्।

‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौँको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ,’ रावलले लेखेका छन्, ‘यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न।’

‘सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ ?’ भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति: Dec 5, 2023

प्रतिक्रिया दिनुहोस्