Logo
१२ जेष्ठ २०८२, आईतबार
(August 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री थापाद्वारा विश्वासको मतको प्रस्ताव पेश

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा थापाले आफ्नो प्रस्ताव पेश गरेसँगै यसबारे छलफल सुरु भएको छ।

९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि का‌ग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, का‌ग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।

उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । का‌ग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।

प्रकाशित मिति: Aug 21, 2023

प्रतिक्रिया दिनुहोस्