Logo
१८ बैशाख २०८१, मंगलबार
(June 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यकता हो । हिजोका प्रतिकुलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए । सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने उनको भनाई थियो । उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्ने कुरामा बढी जोड हुनुपर्ने बताए ।

उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद् भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताइन् । उनले भनिन्, ‘समयको दुरुपयोग पनि भ्रष्टाचार हो, मुखले मिठो बोलेर होइन, एक्सन लिनुपर्छ । सब कन्ट्याक्टर राखेर भए पनि समय लिएको समयमा काम सक्नुपर्छ, यो समयमा काम सक्नुपर्छ । मलाई कुनै बाध्यता छैन, केही छैन, विशाल नेपाल हुनुपर्छ ।’

प्रकाशित मिति: Jun 1, 2023

प्रतिक्रिया दिनुहोस्