Logo
१८ बैशाख २०८१, मंगलबार
(May 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरि अर्को मुद्दा दर्ता

पुर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को मुद्दा दर्ता भएको छ ।

सर्वोच्चले नै लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । बैशाख १० को उपनिर्वाचनमा लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले दर्ता गर्न आदेश गरेको हो ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रजिस्ट्रारको निर्णय बदर गर्दै रिट दर्ता हुने र न्यायिक निरूपण हुने आदेश गरेको हो ।

युवराज पौडेलले गत वैशाख २५ मा पेस गरेको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, ’निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०÷०१÷२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।’

यसअघि सर्वोच्चमैं लामिछानेविरुद्ध नक्कली पासपोर्टको मुद्दा विचाराधिन छ ।

प्रकाशित मिति: May 24, 2023

प्रतिक्रिया दिनुहोस्