Logo
११ जेष्ठ २०८२, शनिबार
(February 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दीप लामिछाने सहभागी हुने

नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजोदेखि बन्द प्रशिक्षणमा सहभागी हुन लामिछाने हिजो नै त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत : आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रकाशित मिति: Feb 3, 2023

प्रतिक्रिया दिनुहोस्