Logo
१८ बैशाख २०८१, मंगलबार
(February 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक पूर्वाधार र यातायात सुधारका लागि सुझाव कार्यदल गठन

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्रा।डा। राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका छन् ।

कार्यदलमा पूर्व सचिवहरू पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय विज्ञका रूपमा डा। गुरुङ सदस्य रहेका छन् । कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सु.ई. अर्जुनप्रसाद अर्याल सदस्य सचिव रहेका छन् ।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारी भित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इन्जिनियरिङ सेवा व्यवस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रही सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ ।

कार्यदलको अवधि एक महिनाको छ । सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासन मैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत सुधारका विषयहरू प्रस्तुत गर्ने म्यान्डेट कार्यदललाई दिइएको छ।

प्रकाशित मिति: Feb 2, 2023

प्रतिक्रिया दिनुहोस्