Logo
१५ बैशाख २०८१, शनिबार
(January 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छान्न आजै निर्वाचन हुने

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताका लागि बुधबार नै निर्वाचन हुने भएको छ ।

उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा गठित निर्वाचन समितिले आजै मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन गर्ने,१२स्३० बजे दाबि विरोध पेस गर्न समय दिने, १ बजे अन्तिम नामावली प्रकाशन गर्ने, साढे १ देखि साढे २ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय दिइएको छ ।

पौने तीन बजे उम्मेदवारको नामावली प्रकाशन, ३ देखि ३स्३० सम्म उम्मेदवार उपर दाबी विरोध, चार बजेसम्म अन्तिम नामावली प्रकाशन, ४ देखि ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सुरत रावतले बताए ।

दलको नेतामा उम्मेदवारी दिन २५ हजार रूपैयाँ शुल्क तोकिएको छ । कांग्रेसको प्रदेश कार्य समितिको कार्यालय परिसरमा मतदान हुनेछ ।

 

प्रकाशित मिति: Jan 4, 2023

प्रतिक्रिया दिनुहोस्